Breaking News.... EverestOnlineKhabar
June 25, 2026

कर्मचारीद्वारा प्रधानमन्त्रीको आदेश अवज्ञा,रोकिएन कर्मचारीको विदेश भ्रमण

Loading

काठमाडौ,१० साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अवज्ञा गर्दै सरकारी कर्मचारीहरु विदेश भ्रमणमा गएका छन्। प्रधानमन्त्री देउवाले असार २८ गते नवनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई द्विपक्षीय सम्बन्धका बाहेक अन्य भ्रमण रोक्न निर्देशन दिएका थिए। तर, विदेश भ्रमणका लागि सरकारी स्वीकृति दिने काम रोकिएको छैन, केही कर्मचारी विदेश भ्रमणमा छन्।
अहिले एक सयभन्दा बढी कर्मचारी विदेश भ्रमणमा छन् भने आगामी दुई साताभित्रै दुई सय कर्मचारीले भ्रमणमा जाने स्वीकृति लिएका छन्। सोमबारमात्रै परराष्ट्र र स्थानीय विकास मन्त्रालयका १० जना अधिकारी क्षेत्रीय सरकारका बारेमा सिक्न र अनुभव आदानप्रदान गर्न भन्दै अस्ट्रेलिया भ्रमणमा निस्किएका छन्।
शुक्रबार कृषि विकास, स्वास्थ्य, महिला बालबालिका तथा समाज कल्याण, खानेपानी तथा सरसफाइ र अर्थ मन्त्रालय तथा महालेखा परीक्षकको कार्यालय र राष्ट्रिय महिला आयोगका करिब ९० जना अधिकारी विभिन्न देशको भ्रमणमा गएका छन्।
कृषि विकास मन्त्रालय तथा विभिन्न विभागका कम्तिमा १६ जना अधिकारी दक्षिण कोरिया र स्वीट्जरल्याण्डमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed