![]()
काठमाडौ,९ साउन ।
सकारले यसअघि भएको सम्झौता कार्यान्वयन नगरेको भन्दै आइओएमका प्राध्यापक डा.गोविन्द केसी फेरि अनशन बस्दै छन् । सोमबार दिउँसो सत्याग्रह सुरु गर्ने उनले जानकारी दिए । उनले भनेः‘मसँग यसअघि भएका सम्झौता कार्यान्वयन भएनन्, त्यसैले फेरि सत्याग्रह सुरु गर्दैछु ।’
चिकित्सा शिक्षाको सुधारका लागि बारम्बार सरकारको ध्यानाकर्षण गरे पनि सुनुवाई नभएको भन्दै फेरि अनशन बस्न लागेको उनले जानकारी दिए । यसअघि माग पूरा गर्न असार ३१ गतेको अल्टिमेटम दिएपनि पूरा नभएकाले अनशनको घोषणा गरेको केसीको भनाई छ । डाक्टर केसीले तत्काल माथेमा प्रतिवेदन अनुरुप आफूले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने माग पहिलो नम्बरमा उठाउनु भएको छ ।
यसैगरी चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्न चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा तत्काल डिनको सिफारिश अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने उनको माग छ ।
डा। केसीले सरकार र अदालतको आदेश नटेर्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न, आइओएमका अधिकार खोस्ने पदाधिकारीलाई बर्खास्त गर्न पनि माग गरेका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै डा.केसी यसअघि १० पटक अनसन बसिसकेका छन् ।


