Breaking News.... EverestOnlineKhabar
September 12, 2026

भोलिसम्म मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

Loading

काठमाडौ,९ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबारसम्म मन्त्रीपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । केन्द्रीय समितिको बैठक सकिएलगत्तै मन्त्रीपरिषद विस्तार गर्ने तयारी रहेपनि सोमबार केन्द्रीय समितिको बैठक सकिने नसकिने टुंगो नभएकाले मन्त्रीपरिषद विस्तार सोमबार वा मंगलबार हुने भन्ने टुंगो लागिनसकेको उहाँ निकट नेताहरुले बताएका छन् । अहिले कांग्रेसका १०, माओवादी केन्द्रका ६, लोकतान्त्रिक फोरमका २ र नेकपा संयुक्तबाट एक मन्त्रीसहित १९ जनालाई मन्त्री बनाउने तयारी प्रधानमन्त्री देउवाको छ ।
कांग्रेसबाट बलबहादुर केसी, रामकृष्ण यादव, मीन विश्वकर्मा, भिष्मराज आङदेम्बे, मोहनबहादुर बस्नेत, भिमसेनदास प्रधान, सरिता प्रसाई, कमला पन्त, बद्री पाण्डे, जीवन परियार लगायतबाट मन्त्री बन्ने सम्भावना छ ।
तर कांग्रेसभित्र नेता रामचन्द्र पौडेल पक्षले पाँचजना मन्त्री नपाए मन्त्री बन्नेको नामै नदिने तयारी पनि गरिरहेको नेताले बताएका छन् । यस्तै माओवादीबाट गिरिराजमणी पोखरेल, टेकबहादुर बस्नेत, उमेश यादव, रेखा शर्मा लगायतबाट मन्त्री बन्नेको नाम टुंग्याउने तयारी छ ।
राप्रपा अहिले सरकारमा जाने नजाने टुंगो नलागेकाले अहिले राप्रपालाई नपर्खिइने कांग्रेस नेता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.