Breaking News.... EverestOnlineKhabar
September 12, 2026

किन भाँडियो नयाँशक्ति र फोरमको एकता ? बाबुराम भए निराश

Loading

काठमाडौ,९ साउन ।
नयाँशक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टीवीच हुने भनिएको पार्टी एकता प्रक्रिया तत्कालका लागि अन्त्य भएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको निवासमा आयोजित छलफलमा सहमति जुट्न नसकेपछि नयाँ शक्ति पार्टीका नेताहरु तत्काल फोरमसँग एकता नगर्ने निश्कर्षमा पुगेका छन् ।
नयाँशक्ति नेपालका एक नेताले भनेः‘ फोरमसँगको एकता वार्ता सफल हुन सकेन, वार्ताको ढोका बन्द नगरिए पनि अब तत्काल उहाँहरुसँग पार्टी एकता नहुने निश्कर्षमा पुगिएको छ, एजेण्डामा संयुक्त मोर्चा बनाएर चाहिँ अघि बढ्न सकिन्छ ।’
नयाँशक्ति स्रोतका अनुसार शनिबारसम्म जसरी भए पनि उपेन्द्र यादवसँग पार्टी एकता गर्नुपर्छ भन्ने अडान राखेका संयोजक डा.बाबुराम भट्टराई पनि आइतबार उपेन्द्र यादवसँगको छलफलपछि निराश बनेका छन् । आइतबारको छलफलपछि डा.भट्टराईसमेत अब एकता नगरौं भन्दै ब्याक भएको स्रोतले बतायो ।
नयाँशक्ति पार्टी र फोरममा नेताहरु आइतबार बाबुराम भट्टराईको निवासमा पार्टी एकताका लागि छलफलमा जुटेका थिए । त्यहाँ फोरमका नेताहरुले एकीकृत पार्टीको नाममा संघीय समाजवादी फोरम तीनवटै पदावली छाड्न मानेनन् । त्यो नाममा नयाँशक्ति समेत थप्दा नाम असाध्यै लामो हुने भयो ।
यसैक्रममा बाबुराम पक्षले सुरुमा नयाँ समाजवादी फोरम नाम राखेर एकता गरौं भन्ने प्रस्ताव अघि सारेका थिए । तर, उपेन्द्र पक्षले यो प्रस्ताव पनि नमानेको स्रोतको भनाइ छ ।
नामका साथै पदाधिकारी कति राख्ने भन्नेमा पनि यादव र भट्टराई समूहवीच कुरा नमिलेको नयाँ शक्तिका नेताको भनाइ छ । उपेन्द्र पक्षले हाल सबैलाई समेटेर जम्बो पदाधिकारी बनाउने प्रस्ताव अघि सारेको थियो भने भट्टराईपक्षले त्यसो गर्दा माओवादी केन्द्रको जस्तो भद्रगोल हुन्छ भन्दै सानो कामकाजी केन्द्रीय नेतृत्व बनाइनुपर्ने प्रस्ताव गरेको थियो । एकतापछि पार्टीको मुख्य नेता कसलाई बनाउने र अधिकारको विन्यास कसरी गर्ने भन्नेमा पनि दुई पार्टीवीच कुरो नमिलेको नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.