Breaking News.... EverestOnlineKhabar
May 12, 2026

सचिवहरुले टेरेनन् प्रधानमन्त्री देउवाको निर्देशन

Loading

काठमाडौ,८ साउन ।
राजधानीका सडकका खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च अधिकारीहरु छलफलमै ब्यस्त भईरहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको समयसीमाभित्र सडकका समसया समाधान हुन कठिन हुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सरोकारवाला निकायका सचिवलाई गत आईतबार सडकका खाल्डा पुरेर ब्यवस्थित बनाउन निर्देशन दिएका थिए । तर प्रधामन्त्रीले निर्देशन दिएको एक सातासम्म पनि जिम्मेवार अधिकारीहरु छलफलमै ब्यस्त रहेकोले तोकिएको समयमा काम पुरा हुन नसक्ने देखिएको छ ।
खाल्डा पुर्ने जिम्मेवारी पाएका खानेपानी तथा सरसफाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय हो। जिम्मेवारी पाएका सचिवहरू कार्यालयको बैंठकमै बस्नुपर्ने भएकाले काममा निस्कन नपाएको बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.