Breaking News.... EverestOnlineKhabar
May 12, 2026

कांग्रेस केन्द्रीय समिति बैठकः नेतृत्वमाथी यसरी खनिए नेताहरु…..

Loading

काठमाडौ,८ साउन ।
स्थानीय तहको चुनावमा कांग्रेस दोस्रो स्थानमा खुम्चिनुलाई पार्टीभित्रका नेताहरूले‘नेतृत्वको रणनीतिक असफलता’ ठहर गरेका छन्। केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले नेतृत्वलाई दोषी ठहर्‍याएका हुन्। चार महिनापछि शनिबार सुरु पार्टी बैठकमा नेताहरूले असोज २ मा हुने प्रदेश २ को चुनाव, त्यसलगत्तै हुने प्रदेश र संघीय संसद्को चुनावमा यस्तै गल्ती नदोहोर्‍याउन सचेत गराउँदै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी रणनीति बलियो बनाउन र अलोकप्रिय निर्णय नलिन ध्यानाकर्षण गराएका छन्।
चुनावको मुखमा नेतृत्व तहबाट भएका अलोकप्रिय निर्णय, समयमा उम्मेदवार चयन गर्न नसक्नु, पहुँच र गुटप्रतिको बफादारिताका आधारमा टिकट वितरण गर्नु, विपक्षीका आरोपलाई प्रभावकारी माध्यमबाट खण्डन गर्न नसक्नुजस्ता कारणले रणनीतिक रूपमा पार्टी नेतृत्व कमजोर देखिँदा हार व्यहोर्नुपरेको उनीहरूले बताएका छन्। बैठक सुरुमै सभापति एवं प्रधानमन्त्री देउवाले दुई चरणको चुनाव सकिँदा कांग्रेसको स्थिति राम्रो नभएको स्विकारे।
देउवालगत्तै बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको सांगठनिक संरचना, नीतिगत बहस र क्रियाशीलताको विवाद टुंग्याउन तत्काल महासमिति बैठक बोलाउन आग्रह गरे। कांग्रेस संगठित भएर चुनावी अभियानमा जुट्न नसक्दा पार्टीको स्थिति कमजोर भएको भन्दै उनले निर्वाचन परिचालन समितिको हैसियतले आफूले पनि जिम्मेवारी लिने र नेतृत्वले पनि लिनुपर्ने बताए।
पौडेललगायत उनी पक्षीय सदस्यहरूले टिकट वितरण न्यायिक नभएको आरोप लगाउँदै तेस्रो चरणको चुनावका लागि उम्मेदवारी छनोट गर्न तत्काल संसदीय समिति गठन हुनुपर्ने माग उठाएका थिए। हामी बूढा भयौं। म र शेरबहादुरजी ७० काटिसक्यौं। अब युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्छौं भनेर हामीले जनताबीच आह्वान गरी पार्टीलाई बलियो बनाउनुपर्छ पौडेलले भने । शनिबारको बैठकमा २२ केन्द्रीय सदस्यले बोलेका थिए। मधेस केन्द्रित केन्द्रीय सदस्यहरूले प्रदेश २ का केन्द्रीय सदस्य र पार्टीको शीर्ष तह बसेर उम्मेदवार चयन गर्नुपर्ने माग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.