Breaking News.... EverestOnlineKhabar
May 12, 2026

राप्रपाको केन्द्रीय समिति बैठक आज पनि,असन्तुष्टि यथावत्….

Loading

काठमाडौ,६ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शुक्रबार सकिँदैछ । काठमाडौंको एक बैंक्वेटमा चलिरहेको बैठकमा पार्टीभित्रको अनसन्तुष्टि, चुनावी परिणामको मुल्यांकन र सरकारमा सहभागी हुने–नहुने लगायत विषयमा छलफल भइरहेको छ ।
गएको बुधबारदेखि सुरु भएको बैठक पशुपतिशमशेर राणा लगायत केही नेताले बहिष्कार गरेका छन् । बैठकमा राणासहित नवराज सुवेदी, हरिबहादुर बस्नेत लगायत नेता गएका छैनन । शुक्रबारको बैठकले पार्टीभित्रको विवाद मिलाउने र सरकारमा जाने विषयमा निर्णय गर्न सक्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.