![]()
काठमाडौ,६ साउन ।
सरकारले बिहिबार क्षेत्र निर्धारण आयोग गठन गरेको छ । तर,क्षेत्र निर्धारण गरी २१ दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिईएकोले निर्धारित समयमै प्रतिवेदन बुझाउन सक्नेमा भने आशंका देखिएको छ । स्वयम् निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष पूर्वन्यायाधीश कमलनारायण दासले तीन सातामा ४९५ वटा निर्वाचन क्षेत्रहरु निर्धारण गर्नु चुनौतीपूर्ण काम भएको बताएका छन् । दासले आफु अध्यक्ष बनेको कुरा जनकपुरबाट साथीले फोन गरेपछि थाहा बताए । दासको अध्यक्षतामा गठित ५ सदस्यीय आयोगका सदस्यहरुमा माधव अधिकारी, गणेशराज कार्की र विश्वकल्याण पराजुली छन् । सदस्य सचिवमा योगेन्द्र शर्मा पौडेल छन् । आयोगलाई २१ दिनको समय दिइएको छ । सर्वोच्चको न्यायाधीश रहेका बेला कुनै पनि विवादमा नमुछिएका दास स्वच्छ छविका न्यायमूर्ति मानिन्छन् ।


