![]()
हेटौडा,३१ असार ।
हेटौंडा–कुलेखानी सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–३ अन्तर्गत पर्ने सिस्नेरीको थिङडाँडामा शनिबार राति २ बजेतिर पहिरो जाँदा हेटौंडा–काठमाडौं सडक अवरुद्ध भएको छ । सिस्नेरीको थिङडाँडामा पहिरो गएकाले वैकल्पिक रुपमा मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने कुलेखानी–फाखेल सडकबाट शनिबार बिहानदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सिस्नेरी सडकखण्डको थिङडाँडाको पहिरो हटाउन डिभिजन सडक कार्यालयबाट दुई डोजर त्यसतर्फ पठाइको र मौसम सुधार भएमा शनिबार अपराह्नदेखि यातायात सेवा सञ्चालन गर्ने लक्ष्य रहेको प्रजिअ नारायणप्रसाद शर्मा दवाडीले बताउनुभयो ।


