Breaking News.... EverestOnlineKhabar
May 12, 2026

आगामी निर्वाचनको लागि माओवादी केन्द्रले यस्तो बनाउँदैछ रणनीति

Loading

काठमाडौ,३१ असार ।
माओवादी केन्द्रले प्रदेश २ को स्थानीय निर्वाचनका लागि केन्द्रीय तहबाटै‘अभियानात्मक तयारी’ गर्ने भएको छ । २ साउनदेखि सुरु हुने केन्द्रीय सचिवालयको विस्तारित बैठकलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताले मधेस झरेर निर्वाचन तयारी गर्न लागेका हुन् ।
मधेसमा कांग्रेस–एमालेभन्दा ठूलो शक्ति बन्न माओवादीले विशेष कार्ययोजना अघि बढाउने जनाएको छ । विशिष्टकृत योजना नबनाउँदा पार्टी यसअगाडिका निर्वाचनमा पराजित भएकाले यसपटक सबै शीर्ष नेता मधेसमै परिचालित हुनेगरी योजना बनाउन लागेको प्रदेश २ का इन्चार्ज मात्रिका यादवले बताए ।
हेडक्वार्टरकै केही नेता भने मधेसमा खटिइसकेका छन् । पर्सामा उर्मिला अर्याल, रौतहट–बारामा प्रभु साह, महोत्तरी र सर्लाहीमा गिरिराजमणि पोखरेल, धनुषामा मात्रिका यादव तथा सिरहा र सप्तरीमा विश्वनाथ साह जिम्मेवारीसहित खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.