Breaking News.... EverestOnlineKhabar
October 28, 2026

चक्रपथ क्षेत्रमा बिहान–बेलुका ट्रक, टिपर र मिनिट्रक चलाउन नपाइने

Loading

काठमाडौ,२८ असार ।
सरकारले आजदेखि काठमाडौंको चक्रपथ क्षेत्रमा बिहान र बेलुका कार्यालय सञ्चालनको समयमा ट्रक, टिपर र मिनिट्रक सञ्चालनमा रोक लगाएको छ । यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ट्रक तथा टिपर व्यवसाय महासंघ, यातायात व्यवसायी राष्ट्रिय महासंघको मंगलबार यातायात व्यवस्था विभागमा बसेको संयुक्त बैठकले बिहान– ९ बजेदेखि ११ बजे तथा बेलुका ४ बजेदेखि ७ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
उक्त समयमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाबाट भित्रिने ट्रक, मिनिट्रक र टिपरमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामा कोटेश्वर क्षेत्रमा सवारी साधनको चाप बढी भएकाले चक्रपथ क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाएको बताउँछन् ।
प्रमुख लामाले मुग्लिङ–नारायणगढ सडक रातिको समयमा बन्द भएपछि कोटेश्वर क्षेत्रमा सवारी चाप बढेको भन्दै सवारी चापलाई कम गर्न उक्त निर्णय गरेको बताउँछन् । मुग्लिङ–नारायणगढ सडक सञ्चालन हुँदा बिपी राजमार्गमा दैनिक एक हजार ५०० को हाराहारीमा सवारीसाधन सन्चालन हुनेमा उक्त सडक रोक लगाउँदा बिपी राजमार्गमा दैनिक ६ हजार ५०० को हाराहारीमा सन्चालन हुने महाशाखाको तथ्यांक छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा.टोकराज पाण्डे सबै नाकाबाट काठमाडौं भित्रिने ट्रक, टिपर र मिनिट्रकलाई कार्यालय अवधिमा सञ्चालनका लागि रोक लगाएको बताउँछन् । ट्रक तथा टिपर व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ जनताको सुविधाका लागि आफूहरुले ट्रक सञ्चालनमा रोक लगाउन लागेको स्वीकार गरे । महासंघले काठमाडौंमा ट्रक तथा टिपर पार्किङ नहुँदा समस्या परेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.