Breaking News.... EverestOnlineKhabar
September 11, 2026

नेपाल वायु सेवा निगमको चार गन्तब्यमा उडान स्थगित, १ अर्ब नोक्सानी

Loading

काठमाडौ,२७ असार ।
हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयान प्राधिकरणको अवरोधका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले विभिन्न्न चार गन्तब्यमा उडान स्थगित गर्ने भएको छ। भाडामा ल्याउन लागिएको भुटान एयरलाईन्को जहाज पुरानो भएको भन्दै प्राधिकरणले रोक लगाएपछि निगमले दुई महिनाका लागि दोहा, क्वालालम्पुर, बैंग्लोर र नयाँ दिल्लीको उडान स्थगित गर्ने भएको हो। यसबाट निगमले १ अर्ब भन्दा बढी रकम नोक्सानी बेहोर्नुपर्ने हुन्छ।
निगमले हाल उडान गरिरहेको बोइङ–७५७ जहाज सी–चेकका लागि सिंगापुर पठाउँदैछ। यसैसाता पठाउन लागिएको उक्त जहाजको चेकिङका लागि २ महिना समय लाग्नेछ। उक्त जहाजले उडान भरिरहेको स्थानका लागि निगमले ग्लोबल टेन्डर आव्हान गरेर भुटान एयरलाइन्सको जहाज भाडामा ल्याउने तयारी गरिरहेको बेला प्राधिकरणले रोक लगाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.