![]()
एजेन्सी,२५ असार ।
विश्व नम्बर दुई नोभाक जोकोविच र विश्व नम्बर तीन रोजर फेडेरर विम्बल्डन टेनिसको अन्तिम १६ मा पुगेका छन् । फेडेररले २७ औं बरियताका मिशा जेवेरेवलाई हराएर अन्तिम १६ मा स्थान बनाएका हुन् । स्विस फेडेररले जर्मन जेवेरेवलाई ७–६, ६–४ र ६–४ को सोझो सेटमा हराएका हुन् । यस्तै दोस्रो बरियताका जोकोविचले अर्नेस्ट्स गल्बिसलाई हराएर अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।
सर्बियाका जोकोविचले लात्भियाका गल्बिसलाई ६–४, ६–१ र ७–६ को सेटमा हराएका हुन् । अन्तिम १६ मा फेडेररले बुल्गेरियाका ग्रिगोर दिमिट्रोभ तथा जोकोविचले एड्रिएन म्यानारिनोसँग खेल्ने छन् ।


