Breaking News.... EverestOnlineKhabar
May 11, 2026

एकिकरण भएको अढाई महिनामै राजपामा विभाजनसम्मको विवाद…..?

Loading

काठमाडौ,२३ असार ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठनको अढाई महिनामै विभाजनको संघारमा पुगेको छ । निर्वाचन आयोगमा दल दर्ता र विधानमा हस्ताक्षरका विषयमा अध्यक्षमण्डलका नेताहरूबीच तीव्र मतभेद देखिएको छ। राजपाले प्रदेश नम्बर २ मा असोज २ गतेका लागि तय भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुन विधानमा संयुक्त हस्ताक्षर गरी आयोगमा दल दर्ताका लागि जाने तयारी गरेको थियो। तर, अध्यक्षमण्डलका नेता अनिलकुमार झाले विधानमा हस्ताक्षर नगरेपछि विधान निर्माण प्रक्रिया नै अवरुद्ध भएको छ। बुधबारको बैठकमा अध्यक्ष महन्थ ठाकुरले ५÷ ७ दिनबीच पनि अध्यक्षमण्डलका सबै सदस्यले विधानमा हस्ताक्षर नगरे पनि जतिको हस्ताक्षर हुन्छ, त्यसलाई नै लिएर आयोगमा दल दर्ता हुने बताएका थिए।
मंगलबार सुरु बैठक दल दर्ता प्रक्रिया अघि बढ्न नसकेपछि केही दिनका लागि भन्दै बुधबार स्थगित भएको छ। बुधबारको बैठकमा ठाकुरले विधानमा हस्ताक्षरका लागि केही दिनको समय दिएका थिए। नेता झाले विधानमा रामजनम तिवारी र गजेन्द्रनारायण सिंहको नाम उल्लेख गर्नुपर्ने अडान लिएका कारण दल दर्ता प्रक्रिया तथा पार्टी बैठकसमेत स्थगित हुन पुगेको स्रोतको दाबी छ। ठाकुरले भने राजपामा मधेसी मात्र होइन, बीपी, पुष्पलालदेखि मार्क्सवादीसम्मको विचार, आस्था राख्ने नेता रहेको उल्लेख गर्दै विधानको प्रस्तावनामा कुनै नेताको नाम उल्लेख नहुने धारणा बैठकमा राखेका थिए।
झाले आफूले विदेशी शक्तिको दबाबमा नेपाल सद्भावना पार्टीलाई राजपामा विलय गरेको बताएका थिए। पहिलोपटक राजपालाई राष्ट्रिय पार्टीका रूपमा अघि बढाउन लागिएको धारणा राख्दै ठाकुरले झापादेखि कञ्चनपुरसम्मका १२ प्रतिशत थारू, ११ प्रतिशत मुस्लिम, ३९ प्रतिशत मधेसी र ३८ प्रतिशत पहाडी समुदायको एकता रहेकाले कुनै एक नेताको नाम विधानमा उल्लेख गर्न नहुने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.