Breaking News.... EverestOnlineKhabar
May 11, 2026

कांग्रेसका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको माओवादी केन्द्रको आरोप….

Loading

काठमाडौ,२३ असार ।
सत्तासाँझेदार दल माओवादी केन्द्रले सरकार गठनको एक महिना पुगे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरिरहेको आरोप लगाएको छ । मन्त्रिपरिषद् विस्तार नहुँदा ३० मध्ये ८ मन्त्रालयमा मात्रै मन्त्री छन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले कांग्रेसका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको दावी गरिन् । उनले भनिन्ः‘कांग्रेस आफ्ना मन्त्रीका आकांक्षीहरूको व्यवस्थापनमा फसेको छ, हामी एक्लैले मात्र सूची तयार गरेर अर्थ हुँदैन के गर्नु ? बैठक बसेर निर्णय नलिए पनि मन्त्रीहरू छान्न हाम्रोमा कुनै समस्या छैन ।’ कांग्रेसले आफ्नो तयारी सकिएको जनाउ दिएमा माओवादी केन्द्रले तत्काल हेडक्वार्टर बैठक बसेर नाम दिइहाल्ने उनले जानकारी दिईन् ।
कांग्रेस नेताहरूले दुई वटा कारणले ढिलाइ भएको दाबी गरेका छन् । एउटा, सत्ता साझेदारसँग छलफल गर्न बाँकी रहेको र अर्को, दोस्रो चरणको स्थानीय तहको चुनावको परिणाम कुर्ने क्रममा जारी रहेकाले ढिलाइ भएको दाबी कांग्रेस नेताहरूको छ । माओवादीका अर्का एक नेताले भने प्रधानमन्त्री चुनावपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले एकपटक पनि पार्टी बैठक नराखेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले सरकारमा जाने पार्टी प्रतिनिधि र संगठनको जिम्मेवारीलगायत विषयमा पार्टीमा राम्ररी छलफल हुन छाडेको गुनासो गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.