Breaking News.... EverestOnlineKhabar
May 11, 2026

कांग्रेस नेता कृष्ण सिटौलाको गृहनगरमा एमालेको जीत

Loading

झापा,२२ असार ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगर समेत रहेको जिल्लाको भद्रपुर नगरपालिकामा एमालेले बाजी मारेको छ । एमालेले मेयर र उपमेयर दुवै पदमा जित हासिल गरेको हो । एमालेका जीवनकुमार श्रेष्ठ ११ हजार ४२ मत ल्याउँदै मेयरमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गणेश पोखरेलले ७ हजार २ सय १५ मत पाए ।
त्यसैगरी, उपमेयरमा पनि एमालेकै चन्द्रमाया श्रेष्ठ विजयी भएकी छिन् । उनले १० हजार ६ सय ५० मत प्राप्त गरिन् ।श्रेष्ठकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारा भुर्तेलले ६ हजार ४ सय ९८ मत ल्याइन् । नेता सिटौलाले मतदान गरेको वडा नं. १० मा पनि एमालेको प्यानलै विजयी भएको छ । त्यो वडामा एमालेका टेकबहादुर खड्काले जित निकालेका हुन् । यहाँको १० वडामध्ये ७ वडा एमाले, २ कांग्रेस र १ माओवादीको पोल्टोमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.