Breaking News.... EverestOnlineKhabar
September 12, 2026

कैलालीको टिकापुर नगरपालिकामा एमालेको अप्रत्यासित जित, उपमेयरमा भने कांग्रेस

Loading

टिकापुर,२० असार ।
कैलालीको टिकापुर नगरपालिकाको मेयरमा नेकपा एमालेले अप्रत्यासित जित हासिल गरेको छ । उपमेयरमा भने नेपाली कांग्रेसकी केशरी विष्ट विजयी भएकी छन् । सुरुवातदेखिनै अग्रता लिएका फोरम लोकतान्त्रिकका लोटन चौधरी र बीचमा अग्रता लिएका ललितबहादुर थापालाई पछि पार्दै टपेन्द्रले ५ हजार ९५९ मत प्राप्त गरे ।
निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका ललितबहादुर थापाले ५६१० मत ल्याए । उपमेयरमा भने नेपाली कांग्रेसकी केशरी विष्ट विजयी भइन् । उनले ६ हजार २३६ मत ल्याउँदा माओवादी केन्द्रकी उम्मेदवार आशाकुमारी चौधरीले ५५५३ मत ल्याइन् ।
चौधरी बाहुल्य रहेको टिकापुर नगरपालिका संविधान जारी हुनुधन्दा एक महिनाअघि २०७२ भदौ ७ गतेको हत्याकाण्डका कारण पनि चर्चित थियो । थारु प्रदेशको माग गर्दै भएको त्यस आन्दोलनमा प्रहरी विशिष्ठ अधिकृतसहित ८ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.