Breaking News.... EverestOnlineKhabar
May 12, 2026

सुनसरी सदरमुकामसहित ३ स्थानीय तहमा कांग्रेस विजयी

Loading

सुनसरी,२० असार ।
जिल्लाको दुई नगरपालिका र १ गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा तीनै स्थानीय तहमा कांग्रेसले जित निकालेको छ । सदरमुकाम रहेको इनरुवा नगरपालिकासँगै रामधुनी नगरपालिका र हरिनगर गाउँपालिकामा कांग्रेसले जित निकालेको हो ।
इनरुवामा कांग्रेसका राजन मेहता विजयी भएका हुन् । मेहता १० हजार ९ सय ८७ मतका साथ जित हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पोष्टकुमार नेपालले ९ हजार ८ सय १३ मत पाए । इनरुवाको उपमेयरमा पनि कांग्रेसकै जमुना पोखरेल विजयी भएकी छन् । उनले १० हजार ९ सय ६ मत ल्याइन् ।
रामधुनीको मेयरमा जयप्रसाद चौधरीको पल्लाभारी भएको छ । चौधरी ९ हजार ७ सय ६ मतका साथ विजयी भएका हुन् ।रामधुनीको उपमेयर भने एमालेको पोल्टामा परेको छ । यहाँ एमालेकी सबिना चौधरीले ९ हजार ७ सय ४२ मत ल्याएर जित पक्का गरेकी हुन् ।
उता, हरिनगरा गाउँपालिकामा पनि नेपाली कांग्रेसकै पोल्टामा परेको छ । कांग्रेसका गफार अन्सारी ५६५२ मतका साथ विजयी भएका हुन् । उपाध्यक्षमा कांग्रेसकै रिमझिमकुमारी भगतले जितेकी छन् । भगत ५०९६ मत ल्याएर जित दर्ता गराउन सफल भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.