Breaking News.... EverestOnlineKhabar
May 12, 2026

कन्फेडेरेसन कप फुटबलको उपाधि जर्मनीलाई

Loading

मस्को,१९ असार ।
चिलीलाई पराजित गर्दै जर्मनीले कन्फेडेरेसन कप फुटबलको उपाधि जितेको छ । गएराति रुसको सेन्ट पिटर्सबर्गमा भएको फाइनलमा कोपा अमेरिका विजेता चिलीलाई १–० ले हराउँदै जर्मनीले पहिलो पटक कन्फेडेरेसन कपको उपाधि उचालेको हो ।
२० औं मिनेटमा लार्स स्टिन्डलले गरेको गोल नै जर्मनीको जितमा निर्णायक बन्यो । चिलीका मार्सेलोलो दिएजको गल्तीको फाइदा उठाउँदै स्टिन्डलले गोल गरेका हुन् ।
फाइनलअघि तेस्रो स्थानका लागि भएको खेलमा मेक्सिकोलाई २–१ ले हराउँदै पोर्चुगल तेस्रो भयो । पोर्चुगलका लागि पेपे र एड्रियन सिल्भाले गोल गरे । पोर्चुगलका नेटोले आत्मघाती गोल गरेर मेक्सिकोका लागि एक गोल उपहार दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.