![]()
काठमाडौ,१७ असार ।
दोस्रो चरणको स्थानीय तह निर्वाचन सकिएसंगै अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा छलफल समेत सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको भेटवार्ता सरकार सन्चालन र मन्त्रिपरिषद विस्तारलगायतका विषयमा नै केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री र अध्यक्ष दाहालबीच सत्ता समीकरण र सरकारका काम बारेसमेत छलफल भएको थियो ।
प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच थप गृहकार्य गरेर छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने र सरकार सन्चालन एवं दुई पार्टीबीचको सम्बन्धलाई थप बलियो बनाउनेबारेमा कुराकानी भएको थियो । अध्यक्ष दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच पहिलोपटक बालुवाटारमा छलफल भएको हो । यसअघिका छलफल अध्यक्ष दाहालको निवास लाजिम्पाटमा नै हुने गरेको थियो ।


