Breaking News.... EverestOnlineKhabar
May 12, 2026

शनिवार विहानसम्म नेकपा एमालेले जितेका स्थानहरु…

Loading

काठमाडौ,१७ असार ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अहिलेसम्म ६२ स्थानको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये अघिल्लोचोटि अग्रस्थानमा रहेको नेकपा एमाले यसपालि पनि अगाडि छ। एमालेले दुई नगरपालिकासहित सबभन्दा बढी २६ स्थानीय तहमा विजय हासिल गरेको छ। अहिलेसम्मको मतपरिणामअनुसार एमालेले जितेका दुई नगरपालिका डडेल्धुराको अमरगढी र संखुवासभाको मादी हुन्। यसमध्ये अमरगढी नगरपालिकाका मेयरमा विश्वेश्वर (बिपीन ओझा) र मादी नगरपालिकाका मेयरमा विदुर लिन्थेप विजयी भएका छन्।
यसबाहेक एमाले २४ गाउँपालिकामा विजयी भएको छ।
एमालेले जितेका गाउँपालिका र त्यहाँका अध्यक्ष यी हुन्ः
बझाङ, मष्टा गाउँपालिकाः कर्णबहादुर रावत
बाजुरा, पाण्डवगुफा गाउँपालिकाः कालीबहादुर शाही
खोटाङ, जन्तेढुंगा गाउँपालिकाः शंकर राई
बाजुरा, गौमुल गाउँपालिकाः हरि रोकाया
बैतडी, पन्चेश्वर गाउँपालिकाः गोरख बहादुर चन्द
बझाङ, थलारा गाउँपालिकाः भुवनेश्वर उपाध्याय
ताप्लेजुङ, मौवाखोला गाउँपालिकाः राजन कुमार थक्लुङ
भोजपुर, रामप्रसाद राई गाउँपालिकाः बिजय राई
दार्चुला, लेकम गाउँपालिकाः परमानन्द जोशी
बझाङ, वित्थडचिर गाउँपालिकाः प्रेम बोहरा
बझाङ, दुर्गाथली गाउँपालिकाः प्रयागराज जोशी
उदयपुर, ताप्ली गाउँपालिकाः उद्दवसिंह थापा
नवलपरासी, त्रिवेणी सुस्ता गाउँपालिकाः रामप्रसाद पाण्डे
दार्चुला, अपिहिमाल गाउँपालिकाः धर्मानन्द सिंहवि
बझाङ, तलकोट गाउँपालिकाः लालबहादुर विष्ट
धनकुटा, खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिकाः मनोज राई
भोजपुर, पौवादुम्मा गाउँपालिकाः किरण राई
पाँचथर, हिलिहाङ गाउँपालिकाः भवानीप्रसाद लिङदेन
पाल्पा, तिनाउ गाउँपालिकाः अमबहादुर घर्ती
भोजपुर, ट्याम्के मैयुम गाउँपालिकाः ध्रुवराज राई
डडेलधुरा, नवदुर्गा गाउँपालिकाः कबिन्द्र बहादुर विष्ट
पाल्पा, पूर्वखोला गाउँपालिकाः नुन बहादुर थापा
इलाम, सन्दकपुर गाउँपालिकाः उदयबहादुर राई
भोजपुर, हतुवागढी गाउँपालिकाः प्रेमबहादुर राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.