![]()
काठमाडौ,१७ असार ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अहिलेसम्म ६२ स्थानको मत परिणाम सार्वजनिक भएको छ, जसमध्ये अघिल्लोचोटि दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस यसपालि पनि दोस्रो स्थानमै छ। कांग्रेसले ५ नगरपालिकासहित २३ स्थानीय तहमा विजय हासिल गरेको छ। अहिलेसम्मको मतपरिणामअनुसार कांग्रेसले जितेका चार नगरपालिका बझाङको बुंगल नगरपालिका,बाजुराको बडिमालिका, भोजपुरको भोजपुर, दार्चुलाको महाकाली, बैतडीको दशरथ चन्द नगरपालिका हुन्। यसमध्ये बडिमालिका नगरपालिकाका मेयरमा पदम बडुवाल, भोजपुर नगरपालिकाका मेयरमा कैलाशकुमार आले, महाकाली नगरपालिका मेयरमा हंसराज भट्ट र दशरथ चन्द नगरपालिकामा नरेन्द्रसिंह थापा विजयी भएका छन्। यसबाहेक कांग्रेस १८ गाउँपालिकामा विजयी भएको छ।
कांग्रेसले जितेका गाउँपालिका र त्यहाँका अध्यक्ष यी हुन्ः
बझाङ,बुंगल नगरपालिकाःधनबहादुर विष्ट
बाजुरा, छेडदह गाउँपालिकाः नरबहादुर रावत
बझाङ, काँडा गाउँपालिकाः राजेन्द्र बोहरा
संखुवासभा, चिचिला गाउँपालिकाः पासाङ नोर्बु शेर्पा
संखुवासभा, सिलिचोङ गाउँपालिकाः राम बहादुर राई
गुल्मी, दरबार गाउँपालिकाः अशोककुमार थापा
डडेल्धुरा, नामः भागेश्वर गाउँपालिकाः कौशिला भट्ट
डडेल्धुरा, आलिताल गाउँपालिकाः बलबहादुर गुरुङ
डोटी, के।आइ।सिं गाउँपालिकाः लोकेन्द्र शाही
डडेलधुरा, गन्यापधुरा गाउँपालिकाः नबलबहादुर मल्ल
बाजुरा, हिमाली गाउँपालिकाः गोविन्द बहादुर मल्ल
खोटाङ, एेसेँलुखर्क गाउँपालिकाः विश्वनाथ निरौला
नवलपरासी, प्रतापपुर गाउँपालिकाः राजकुमार शर्मा
ताप्लेजुङ, मेरिङदेन गाउँपालिकाः गणेशबहादुर लिम्वू
गुल्मी, चन्द्रकोट गाउँपालिकाः द्रोणबहादुर खत्री
पाँचथर, तुम्वेवा गाउँपालिकाः होमनाथ थापा
बैतडी, सुर्नया गाउँपालिकाः वीरबहादुर विष्ट
डोटी, बडीकेदार गाउँपालिकाः कृष्णबहादुर चन्द
ताप्लेजुङ, त्रिवेणी आठराई गाउँपालिकाः विश्वनाथ सिटौला


