![]()
काठमाडौ,१६ असार ।
उल्सन श्रेष्ठ, प्रताप दास र सागर आले सीधै नेपाल आइडलको‘गाला राउन्ड’ मा पुगेका छन्। बिहीबार प्रसारण भएको कार्यक्रममा जजहरु न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशीले यी तीन प्रतियोगीलाई भोटिङ राउन्डबाट सेफ जोनमा लगेको घोषणा गरे। उनीहरु अब सीधै‘गाला राउन्डमा जानेछन्।
प्रताप दास नेपाली ताराको थर्ड सिजनमा टप १० मा पुग्न सफल प्रतियोगी हुन्। कर्ण दास‘बिस्तारै छायो….,’ गाएका ललितपुरका प्रताप दासलाई जज न्ह्यु बज्राचार्यले आफ्नो ठाउँबाट उठेर मञ्चमा गई हात मिलाएका थिए भने अर्का जज इन्दिरा जोशीले कर्ण दास आफैले यो गीत सुनेको भए पनि उठेर बधाई दिने बताएकी थिइन्। खोटाङका उल्सन श्रेष्ठले द एज ब्यान्डको‘कसैलाई….’ गाएका थिए।


