![]()
बाजुरा,१६ असार ।
बाजुराको छेडेदह गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नरबहादुर राउत विजयी भएका छन् । उनले ३ हजार ७ सय ५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लालबहादुर ओलीले ३ हजार १ सय मत ल्याए । यस्तै उपाध्यक्षमा कांग्रेसकै कुन्ती बुढा साउद ३ हजार ६ सय ७१ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी पवित्रा शाहीले ३ हजार १ सय २५ मत ल्याइन् । बाजुराका ९ वटा स्थानीय तहमा एमाले र कांग्रेसले एक एक स्थानीय तहमा विजय हासिल गरेका छन् ।


