Breaking News.... EverestOnlineKhabar
April 19, 2026

कन्फेडेरेशन कप फुटबलःदुबै खेल बराबरीमा….

Loading

मस्को,९ असार ।
रुसमा जारी कन्फेडेरेशन कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार राति भएका दुबै खेल बराबरीमा सकिएका छन् । दुई दावेदार टोलीबीचको भिडन्तमा जर्मनी र चिलीले १–१ गोलको बराबरी खेले । चिलीका अलेक्सीस सान्चेजले पहिलो गोल गरेको खेलमा जर्मनीका लार्स स्टिण्डलले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।
यो खेलपछि अलेक्सीस सान्चेज चिलीको लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । आर्सनलका खेलाडी सान्चेजले अहिलेसम्म देशका लागि ३८ गोल गरेका छन् । बिहीबार भएको पहिलो खेलमा क्यामरुन र अस्ट्रेलियाले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा क्यामरुनका आन्द्रे एन्गुईसाले पहिलो गोल गरेका थिए । तर दोस्रो हाफमा पाएको पेनाल्टी अवसरमा अस्ट्रेलियाका मार्क मिलिगानले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed