Breaking News.... EverestOnlineKhabar
April 19, 2026

कांग्रेस नेता पौडेल भन्छन्ः‘माओवादी केन्द्रसंग अन्य चुनावमा पनि तालमेल गर्छौ;

Loading

रुपन्देही,९ असार ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी तालमेललाई कांग्रेसले इमान्दारिताका साथ कार्यन्वयन गर्ने बताएका छन् । रुपन्देहीमा बिहीबार भएका विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस र माओवादी केन्द्रको चुनावी गठबन्धन प्रदेश र संघको चुनावमा समेत कायम रहने भन्दैतालमेललाई कार्यान्वयन गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
उनले केन्द्रमा कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र सम्मेलित सरकार रहेकाले स्थानीय तहको विकासका लागि कांग्रेस र माओवादी गठबन्धनको जित आबश्यक रहेको बताए । एमालेले नौटंकी राष्ट्रवादको ठेकेदारी गरेको आरोप लगाउँदै नेता पौडेलले हिमाल, पहाड र तराईका नागरिकलाई समेट्न नसक्ने हो भने राष्ट्रियता नै संकटमा पर्ने धारणा राखे । नेता पौडेलले बिहीबार रुपन्देहीमा भएका आधा दर्जन बढी चुनावी सभालाई सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed