Breaking News.... EverestOnlineKhabar
April 19, 2026

२१ लाख मागेपछि एमाले छाडे गाउँपालिका उम्मेदवारका आकांक्षी भेषराजले

Loading

मोरङ,९ असार ।
स्थानीय तहको उम्मेदवार छान्ने क्रममा एमालेभित्र आर्थिक चलखेल भएको गुनासो गर्दै एकजना त्यागी कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष पदका लागि सिफारिसमा परेका भेषराज काफ्लेले आफूसँग एमाले नेताले २१ लाख रुपैयाँ माग गरेको भन्दै पार्टी परित्याग गरेका हुन् । उनी पञ्चायत कालदेखिकै पूर्वमाले र एमालेका कर्मठ कार्यकर्ता हुन् । ४७ वर्ष एमालेमा लागेका उनले अब सक्रिय राजनीति नगर्ने बताएका छन् ।
मदन भण्डारीजस्तो जननेताको विचारबाट स्थापित भएको एमाले पार्टीभित्र स्वार्थी, व्यक्तिवादी चिन्तन र कार्यकर्ताको मूल्यांकनलाई पैसासँग दाँजेर आर्थिक लेनदेनका आधारमा गर्ने आपराधिक प्रवित्ति मौलाएको काफ्लेको गुनासो छ । उनको नाम मिक्लाजुङ गाउँपालिका अध्यक्षका लागि गाउँ कमिटीले सिफारिस गरेर जिल्लामा पठाएको थियो । र, जिल्लाले त्यसलाई सदर गरेपछि प्रदेश कमिटीले उम्मदेवारको अन्तिम टुंगो लगाउनुपर्ने एमालेको नीति अनुसार उनी आफ्नो नाम सदर हुने प्रतिक्षामा थिए ।
तर अन्तिममा उम्मेदवारहरुसँग नेताहरुलाई नजराना चढाउन रकम मागको सिलसिला सुरु गरियो, भेषराजले भनेः‘क्रमशः म भेषराज काफ्लेलाई २१ लाख नगद मागियो । दिन अस्वीकार गरेपछि दोस्रो प्रत्याशीलाई २५ लाख मागियो । त्यो पनि नदिएपछि तेस्रोसँग रु. १५ लाख मागियो । तेस्रोबाट पनि अस्वीकार गरेपछि हालका अध्यक्षका उम्मदेवार देवीप्रसाद आचार्यलाई टिकट दिने निर्णय गरियो, जुन पहिला चर्चै थिएन ।;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed