Breaking News.... EverestOnlineKhabar
April 19, 2026

राजश्व अनुसन्धानका दुई अधिकृत ५ लाख ७० हजार घुससहित पक्राउ

Loading

बाँके,९ असार ।
बाँकेको कोहलपुरमा रहेको राजश्व अनुसन्धान मध्य तथा सुदूरपश्चिम क्षेत्रीय कार्यालयमा कार्यरत दुईजना अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले बिहीबार राति ८ बजेतिर अनुसन्धान अधिकृत भिमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीलाई सेवाग्राहीबाट पाँच लाख ७० हजार रुपैयाँ घुस लिँदै गर्दा कार्यालयबाटै पक्राउ गरेको हो ।
उनीहरुलाई सेवाग्राहीबाट नियन्त्रणमा लिएको भ्याटबिल तथा स्टिमेट मिलाईदिने भन्दै घुस रकम लिँदै गरेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो । अख्तियारको कोहलपुरस्थित कार्यालयले अहिलेसम्म २४ जना सरकारी कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । जसमा १७ जना बाँकेका बिभिन्न कार्यालयका कार्यरत कर्मचारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed