Breaking News.... EverestOnlineKhabar
September 12, 2026

अतिवादी प्रवृति हावी भइरहेको माओवादी केन्द्रका अध्यक्ष दाहालको भनाई….

Loading

टीकापुर,९ असार ।
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा अतिवादी प्रवृति हावी भएको बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्न टीकापुर आएका दाहालले टीकापुर घटनाको प्रसंग कोट्याउदै थारु पहाडी र मधेसी पहाडीविच द्धेष फैलाउन अतिवादीहरु लागेको बताए ।
उनले भनेः‘थारुवान प्रदेशको एजेन्डा हाम्रै पार्टीले मेरै नेतृत्वमा ल्याएको हो । थारुवानको एजेन्डामा थारुपहाडी सबै मिलेर लड्यौं । कहिकतै साम्प्रदायिक द्वेष थिएन । कहिकतै फाटो थिएन तर अहिले अतिवादी केही राजनीतिक वृतमा छ । उनीहरुले फाटो ल्याउने प्रयास गरिरहेका छन् ।’ थारु जनताले पुलिस मार्न चाहेका थिएनन् । शान्तिपुर्ण आन्दोलन थियो । अचानक घटना भयो । एकका विरुद्ध अर्कोलाई लडाउने प्रयासमा छन् । लडाउनु राष्ट्रबाद हो त ? यो त अतिवाद हो । सबैलाई मिलाएर लानु राष्टवाद हो् । सबैलाई मिलाएर लाने प्रयास म गरिरहेको छु ।’ दाहालले भने ।
टीकापुर घटनाको अपराधीलाई उन्मुक्ति दिन नखोजिएको बताउँदै उनले भनेः‘ अपराधीलाई पुरस्कृत गर्न पनि खोजिएको पनि होइन । तर क्षतिपुर्ति र निरपराधीलाई रिहा गर्ने कुरालाई इस्यु बनाएर मिडियावाजी पनि गरे । भ्रम सिर्जना गर्ने प्रयास गरे ।’
झुठा मुद्धा खारेजीको प्रक्रिया र क्षतिपुर्तिको लागि स्थानीय प्रशासनले दिएको प्रतिवेदनको विवरणको आधारमा मन्त्रिपरिषदमा निणर्य भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.