![]()
अस्ट्रेलिया,८ असार ।
अस्ट्रेलियामा बसोबास गर्नेको नेपालीहरुको सबै भन्दा ठूलो संस्था गैरआवासीय नेपाली संघ नयाँ नेतृत्व चयनको चरणमा प्रवेश गरेको छ । उक्त सस्थाको निर्बाचन सम्पन्न गर्न गठित निर्वाचन आयोगले सोमबार मध्यरातसम्म उम्मेदवारी दर्ताको म्याद दिएको थियो ।
जसअनुसार आगामी दुई बर्षे कार्यकालका लागि विभिन्न पदमा झन्डै १२५ जना उम्मेदवार मैदानमा उत्रिएको निर्वाचन आयुक्त डा. कृष्ण हमालले जनाए । अस्ट्रेलियाका ८ वटा राज्यमा जम्मा ८ हजार २४० मतदाता छन् । निर्वाचन आगामी जूलाई ८ तारिखको बिहान ९ बजे सुरु हुनेछ ।
यो निर्बाचनमा अध्यक्षमा टोनु घोताने, स्वतन्त्र प्रताप शाह, अभिमान सिंह बस्नेत र महेश भण्डारी गरी ४ जनाले उम्मेदवारी दिएका छन् । यो कार्यकालमा न्यू साउथ वेल्सबाट अध्यक्ष पदमा उम्मेदवारी दिन नपाइने बैधानिक प्राबधान छ । यहाँका आठ राज्यका संयोजकहरु स्वतः राष्ट्रिय समितिका उपाध्यक्ष बन्छन् । महासचिवमा राजु मानन्धर, ज्ञानेन्द्र रेग्मी, नारायण कोइराला र राजन सिटौलाले उम्मेदवारी दिएका छन् । त्यस्तै सचिवमा डीला खरेल, देव गुरुङ र बिकास के.सी.ले उम्मेवारी दर्ता गरेको छन् ।
यसैवीच,एन आर एन अष्टे्लिया निर्वाचन समितिका सदस्य चोलाकान्त भुसालले आफ्नो आफ्नो अकाउण्टमा पोस्टिङ ट्याग नगर्न आग्रह गरेका छन् । उनले स्टाटस मार्फत आफु निर्वाचन समितिको सदस्य भएको भन्दै आचारसंहिता आर्कषण गर्ने भएकाले ट्याग नगर्न आग्रह गरेका हुन् । उनले आफ्नो स्टाटस्मा लेखेका छन््ः‘एन आर एन अष्टे्लिया निर्वाचनको संघारमा छ। अत्यन्त उत्साहपू्र्ण ढंगबाट उम्मेरद्वारी दर्ता भएका छन र उम्मेरद्वारहरु स्वस्थ प्रतिस्पर्धामा मतदाता समक्ष गै रहेका छन्। समग्र निर्वाचन प्रकृया एक पर्व को रूपमा अगाडि बढिरहेको छ। फेसबुकमा भै रहेका नयाँ–नयाँ पोस्टिंग अपडेट र ट्यगिन ले थप आकर्षक बनाएको छ। एन आर एन का अभियन्ता एवं मेरा अनन्य मित्रहरूका पोष्टिंग सयौ ट्यागहरु मेरो अकाउण्टमा पनि आएर जम्मा भएका छन यद्यपि स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने ज़िम्मेवार टिमको एक सदस्य हुनुका साथै आचारसंहिताबाट समेत बिबन्धित हुदा कुनै पनि उम्मेदवारको प्रचारात्मक सामाग्री स्वीकार गर्न असमर्थ रहेको जानकारी गराउन चाहन्छु ।’


