Breaking News.... EverestOnlineKhabar
April 20, 2026

निर्वाचित भएको १७ दिन वितेपनि सहयोगी टिम समेत बनाउन सकेनन् प्रधानमन्त्री देउवाले….

Loading

काठमाडौ,८ असार ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यभार सम्हालेको १७ दिन बितिसक्दा पनि सहयोगी टिम बनाउन सकेका छैनन् ।सल्लाहकार र सहयोगी टिम नहुँदा सचिवालय र प्रधानमन्त्री कार्यालय अस्तव्यस्त छ ।‘प्रधानमन्त्रीसँग सिधै सम्पर्क हुँदैन, सहयोगी टिम नहुँदा महत्त्वपूर्ण सुझाव दिनसमेत पाइरहेका छैनौं,’ देउवा निकट एक केन्द्रीय सदस्यले भनेः‘ प्रधानमन्त्री र सरकारको निर्णयबारे बाहिर विभिन्न अफबाह आइरहेका हुन्छन्, त्यसको कसले खण्डन गर्ने भन्ने पनि अन्योल छ ।’
यसअघि तीनपटक प्रधानमन्त्रीको अनुभव लिएका देउवाले चुनावपछि मात्रै सहयोग टिम बनाउने भन्दै आफू निकटलाई सुनाउने गरेका छन् । सहयोगी टिमको सुझावभन्दा पनि आफ्नै शैली र परम्पराबाट चल्ने स्वभाव देउवामा देखिएको छ ।
देउवा निकट नेता प्रकाशशरण महतले भनेः‘सल्लाहकारभन्दा पनि काम गर्ने क्षमता भएको विज्ञ टिम तत्काल बनाउन आवश्यक छ, मैले पनि सुझाव दिएको छु, आभूषणका लागि भन्दा पनि ठोस काम गरेर देखाउन राजनीतिक क्षेत्र र प्रशासन तहमा यस्तो टिमको खाँचो पर्छ ।’
जेठ २१ गते प्रधानमन्त्री निर्वाचित भई देउवाले २२ गतेदेखि कार्यभार सम्हालेका हुन् । अहिले उनलाई बिहानदेखि बेलुकासम्म साथ दिने भतिजा भानु देउवा छन् । संसदीय दलको नेता निर्वाचित भएपछि संसदीय दलको कार्यालय हेर्ने गरी स्वकीय सचिवमा अधिवक्ता केशवराज जोशी छन् । परराष्ट्र, अर्थ, राजनीति र प्रेस हेर्न टिम छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed