Breaking News.... EverestOnlineKhabar
July 21, 2026

उद्योगमन्त्री यादव र प्रधानमन्त्री सचिवालयबीचको तनावः पक्राउ प्रयास असफल भएपछि राजीनामा मागिएको दाबी

Loading

काठमाडौं, ६ साउन ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई पक्राउ गराउने प्रयास असफल भएपछि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयबाट उहाँको राजीनामा मागिएको दाबी सार्वजनिक भएको छ।

प्राप्त जानकारी अनुसार, पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय र सो सम्बन्धी संवेदनशील सूचना समयअगावै चुहिएको आशंकामा प्रधानमन्त्री शाहले असार १६ गते राति मन्त्री यादवलाई पक्राउ गर्न प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई निर्देशन दिनुभएको थियो। तर, उक्त प्रयास सफल हुन सकेको थिएन।

संसद् सदस्यलाई पक्राउ गर्नका लागि पालना गर्नुपर्ने कानुनी एवं संवैधानिक प्रक्रिया र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको परामर्शपछि मन्त्री यादवलाई नियन्त्रणमा लिने प्रयास रोकिएको स्रोतको भनाइ छ।

पक्राउको प्रयास असफल भएलगत्तै प्रधानमन्त्रीका प्रमुख स्वकीय सल्लाहकार कुमार बेनले मन्त्री यादवलाई टेलिफोन गरी राजीनामा दिन आग्रह गर्नुभएको बताइएको छ। तर, मन्त्री यादवले राजीनामा दिन आफू तयार रहे पनि त्यसको कारण ‘अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएर जनतालाई राहत दिएको’ भनी सार्वजनिक रूपमा खुलाउने जवाफ दिएपछि राजीनामाको प्रक्रिया रोकिएको दाबी गरिएको छ।

यद्यपि, यस घटनाक्रमका विषयमा प्रधानमन्त्री कार्यालय, नेपाल प्रहरी वा सम्बन्धित मन्त्रालयका तर्फबाट कुनै आधिकारिक पुष्टि वा खण्डन भने भइसकेको छैन।

#everestonlinekhabar #BreakingNews #LatestNews #NewsUpdate #NepalPolitics #BalenShah #NepalUpdates #TheNepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed