Breaking News.... EverestOnlineKhabar
June 23, 2026

जेन जी (Gen Z) आन्दोलनकी घाइते लिजा अधिकारीको अवस्था जटिल: उपचारका लागि ४० लाख आवश्यक, कता हरायो सरकारको संवेदनशीलता?

Loading

काठमाडौँ।

नेपाली राजनीतिकाे एउटा ऐतिहासिक माेड— २०८२ भदौ २३ र २४ गते भएको अभूतपूर्व ‘जेन जी’ (Gen Z) आन्दोलन र त्यसपछिको ठूलो राजनीतिक परिवर्तन। त्यही जनलहरको बलमा आज देशको सत्ता बागडोर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हातमा छ। आन्दोलनकै जगमा बनेको नयाँ सरकार सत्ताको कुर्सीमा आसिन त भयो, तर त्यही आन्दोलनमा आफ्नो रगत-पसिना बगाउने यौद्धाहरू भने आज ओछ्यानमा छटपटाइरहेका छन्।

यस्तै एउटा कारुणिक र चरम जटिल अवस्थाको प्रतिनिधि पात्र हुनुहुन्छ— लिजा अधिकारी (Leeza Adhikari)

पाखुरामा गोली, हातै काट्नुपर्ने गम्भीर अवस्था

आन्दोलनका क्रममा पाखुरामा गोली लागेर शख्त घाइते भएकी लिजाको अवस्था हाल अत्यन्तै चिन्ताजनक र नाजुक बनेको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिंग) मा उपचार गराइरहेकी लिजालाई चिकित्सकहरूले तत्काल भारतको नयाँ दिल्लीस्थित AIIMS (All India Institute of Medical Sciences) मा लगेर थप उपचार गराउन सिफारिस गरेका छन्।

डाक्टरहरूका अनुसार लिजाको दाहिने पाखुरा र हातको अवस्था ‘चरम जटिल’ मोडमा पुगेको छ:

  • नसा पूर्ण रूपमा क्षतिग्रस्त छ (No Nerves)

  • हड्डी बाँकी छैन (No Bone)

  • डेल्टोइड मांसपेशी पूर्ण रूपमा नष्ट भएको छ (No Deltoid Muscle)

चिकित्सकहरूले चेतावनी दिँदै भनेका छन्— यदि उपचारमा थोरै पनि ढिलाइ भएमा उनको हात नै काट्नुपर्ने (Amputation) स्थिति आउन सक्छ।

४० लाखको खर्च अनुमान, सहयोग जुट्न बाँकी

दिल्लीमा गरिने यस जटिल शल्यक्रिया र उपचारका लागि कुल ४० लाख रुपैयाँ सम्म खर्च लाग्ने अनुमान गरिएको छ। तर, विडम्बना! अहिलेसम्म लिजासँग विभिन्न दाताहरू र शुभचिन्तकहरूबाट संकलन भएको रकम मात्र रहेको छ। आवश्यक रकम जुट्न नसक्दा उनी अझै दिल्ली जान पाएकी छैनन् र अस्पतालको ओछ्यानमा समयसँगै उनको जोखिम बढ्दै गइरहेको छ।

गम्भीर प्रश्न: कोही सत्तामा, कोही ओछ्यानमा?

२०८२ भदौको त्यो ऐतिहासिक परिवर्तन जसले आजको सरकार जन्मायो, त्यही परिवर्तनका लागि आफ्नो भविष्य दाउमा लगाउने लिजा जस्ता युवाहरू आज उपचार अभावमा छटपटाउनु पर्ने? आज कोही सत्ताको न्यानो कुर्सीमा पुगेका छन् भने कोही जीवन र मरणको दोसाँधमा अस्पतालको चिसो शय्यामा छन्। के यो सरकार ती घाइतेहरूको भावना र त्यागमाथि न्याय गरिरहेको छ? लिजाको यो अवस्थाले वर्तमान सरकारको संवेदनशीलता र दायित्वमाथि ठूलो प्रश्नचिन्ह खडा गरिदिएको छ।

सहयोगका लागि एभरेष्ट अनलाइन खबरको अपिल

एउटा नेपाली चेली, जसले देशमा परिवर्तनको सपना देखिन्, आज उनी आफ्नो हात गुमाउने अवस्थामा पुगेकी छिन्। आवश्यक रकम जुट्नासाथ उनी दिल्ली प्रस्थान गर्नेछिन्। उहाँको जीवन रक्षा र हात बचाउनका लागि देश-विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक सहयोगको अपिल गर्दछौँ।

इच्छुक दाताहरूले लिजा बहिनीको उपचारका लागि सिधै तल दिइएको बैंक QR कोड स्क्यान गरी आफ्नो गच्छे अनुसारको आर्थिक सहयोग प्रदान गर्न सक्नुहुनेछ।

विस्तृत र ताजा अपडेटका लागि हेर्दै गर्नुहोला: www.everestonlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed