![]()
काठमाडौँ । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ। प्रहरी उच्च स्रोतका अनुसार उनीविरुद्ध उजुरी परेलगत्तै पक्राउका लागि टोली खटाइएको हो।
प्रहरीले बस्नेतलाई नियन्त्रणमा लिन खोजे पनि उनी हाल सम्पर्कविहीन रहेको स्रोतको दाबी छ। “उहाँलाई पक्राउका लागि उजुरी आएपछि सम्पर्कमा आउन भनिएको थियो, तर उहाँ सम्पर्कमा आउनुभएको छैन,” प्रहरी स्रोतले भन्यो, “फोन गर्दा पनि लागेको छैन, हामी उहाँको खोजी गरिरहेका छौँ।”
पछिल्लो समय सत्ता समीकरण र राजनीतिक घटनाक्रम तीव्र रूपमा बदलिरहँदा एमालेका प्रभावशाली नेता बस्नेतमाथि प्रहरीको यो ‘मुभ’ लाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेष गरी नयाँ गृहमन्त्रीको आगमन र पुराना फाइलहरू पल्टिने क्रमसँगै यो कदम चालिएको अनुमान गरिएको छ।
बस्नेत सम्पर्कविहीन भएपछि प्रहरीले उनको सम्भावित ठेगानाहरूमा निगरानी बढाएको छ। उनीमाथि कुन विषयमा उजुरी परेको हो भन्नेबारे प्रहरीले आधिकारिक रूपमा थप खुलाउन चाहेको छैन।
यस घटनाले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
थप अपडेटका लागि हेर्दै रहनुहोस्: www.everestonlinekhabar.com
#MaheshBasnet #BreakingNews #NepalPolitics #PoliceAction #EverestOnlineKhabar #SudhanGurung #RSP #KPOli #RabiLamichhane #BalenShah


