Breaking News.... EverestOnlineKhabar
August 11, 2026

मंसिरभित्र कांग्रेसको नियमित महाधिवेशन गर्न केन्द्रीय सदस्य पोखरेलले अघि सारे ५ प्रस्ताव

Loading

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले मंसिरभित्र नियमित महाधिवेशन गर्नको लागि बुँदे प्रस्ताव अघि सारेका छन्। भोलिबाट सुरु हुने केन्द्रीय समितिको बैठकबाट निर्णय गरेर मंसिर मसान्तसम्म नियमित महाधिवेशन गर्न सकिने उनको भनाइ छ।

नियमित महाधिवेशन गरे वडादेखि केन्द्रसम्म जेनजी युवालाई समेत पार्टीमा प्रतिस्पर्धाका आधारमा सबै तहमा समावेश हुने मौका पाउने उनले बताए। केन्द्रीय सभापति मात्र नभई सबै तहका नेतृत्वमा नयाँ व्यक्तिलाई ल्याउनुपर्ने उनको माग छ,

यी हुन् मंसिरभित्र नियमित महाधिवेशन गर्न नेता पोखरेलले अघि सारेको पाँच प्रस्ताव

१. क्रियाशील सदस्यको प्रक्रिया चाँडो टुङ्ग्याउन अहिलेको क्रियाशील सदस्यबारे गठन गरेको समितिमा थप १५ जना राखौँ र सबैलाई प्रदेश अनुसार जिम्मा दिऔँ।
२. ⁠भोलि २६ गते हुने केसले १४ का सबै क्रियाशीलको नवीकरण भएको निर्णय गराऔँ र क्युआर कोर्ड बनाएर एक हप्ता भित्र तोकेको दस्तुर तिर्न जतिको नवीकरण भयो भनौँ।
३. ⁠कार्तिक १०–२० सम्म प्रत्येक वार्डमा कम्तीमा १०० जना पुग्ने गरी वा धेरै भएका ठाउँमा २० प्रतिशत नयाँ थप्ने गरी अनलाइन दर्ता गर्न भनौँ। १२–१५ कार्तिकमा हरेक वार्डमा नयाँ क्रियाशील अभियान र पुराना छुट नवीकरण गर्न भनौँ।
४. ⁠कार्तिक २० मसान्त सम्म सबै क्रियाशीलको विवाद जिल्ला प्रदेश र केन्द्रको समितिले समन्वय गरी निर्णय गरौँ र टुंग्याऔ।
५. ⁠१३ औँ मा जस्तै मंसिर ३ बाट वार्डमा सुरु गरेर २० गते सम्म सबै जिल्ला टुंग्याऔ। मंसिर २५ मा उद्घाटन र २७ मा प्रदेश र केन्द्रको एकै दिन निर्वाचन गराऔँ। सबै महाधिवेशन प्रतिनिधिलाई काठमाडौँ नओसारी प्रदेशको केन्द्रमा मत खसाल्ने वातावरण बनाऔँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed