![]()
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी प्युठानका करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्लामा चार वटा पार्टी कार्यालयसहित विभिन्न संस्थाका भवनमा क्षति पुगेको थियो ।
यस्तै मित्रमणि टंक स्मृति प्रतिष्ठानमा सबैभन्दा धेरै क्षति पुगेको छ । राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालय र रेडियो प्युठानको स्टेसन रहेको भवनमा तोडफोड र आगजनी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए ।
उनका अनुसार जनमोर्चाको २५ लाख, मित्रमणि टंक स्मृति प्रतिष्ठानको ८ र रेडियो प्यूठानको ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । कोठाभित्रै आगजनी भएकाले घर चर्किएको समेत उनले जानकारी दिए । कार्यालयभित्र रहेका सामानसँगै पार्टीको ऐतिहासिक दस्ताबेज पनि जलेर नष्ट भएका छन् ।
सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठानका सचिव इन्द्रमणि पोख्रेलका अनुसार प्रतिष्ठान कार्यालयमा २२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।


