![]()
काठमाण्डाैँ , असाेज ४ – शुशासनको माग र भ्रष्टाचारविरूद्धको आन्दोलनमा जेन जी पुस्ताका युवाहरूले गरेको ऐतिहासिक आन्दोलनका क्रममा भदौ २३ गते भएको दमनमा सहादत प्राप्त गरेका अमर शहीदहरूको सम्मानमा आज नेपालि कांग्रेस का महामन्त्रि गगन थापा द्वारा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम राजधानीको खुलामञ्चमा आयोजित गरिएको थियो, जहाँ पार्टीका शीर्ष नेताहरू, युवा नेतृत्त्व, मानवअधिकारकर्मीहरू, र सर्वसाधारण नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा युवा अभियन्ता र आन्दोलनमा सहभागी भएकाहरूले पनि बोल्दै शहीदहरूको योगदानलाई उच्च सम्मान प्रकट गरेका थिए ।
कार्यक्रमको अन्त्यतिर शान्तिपूर्ण दीप प्रज्वलन गरिएको थियो र कार्यक्रममा शहीदहरूको तस्वीरसामु फूल अर्पण र दीप प्रज्वलन गर्दै जसमा सहभागीहरूले शान्तिको कामना गर्दै शहीदहरूको आत्माको चिरशान्तिको लागि प्रार्थना गरेका थिए।


