Breaking News.... EverestOnlineKhabar
May 11, 2026

प्रमुख राजनीतिक दलहरुले कसरी मनाउँदैछन् संविधान दिवस ?

Loading

 काठमाडौं ,असाेज २-। जेनजी युवा आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरुले आ–आफ्नो तरिकाले संविधान दिवस मनाउने तयारी गरेका छन् । उनीहरुले संविधान रक्षाका लागि खबरदारीसहित दिवस मनाउने तयारी गरेका छन् ।

जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भए पनि लोकतान्त्रिक गणतन्त्र माथि आक्रमण हुनसक्ने आशंकामा दलहरु छन् । त्यसैले उनीहरुले संविधान रक्षालाई नै केन्द्रमा राखेर दिवस मनाउने जनाएका छन् ।

नेपाली कांग्रेसले ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर संविधान दिवस मनाउन सर्कुलर गरिसकेको जनाएको छ ।

बुधबार केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भनेका थिए, ‘संयमतापूर्वक, दृढतापूर्वक संविधानको रक्षा गर्ने जिम्मेवारीलाई शीरमा राखेर संविधान दिवस मनाउने निर्णय भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.