![]()
काठमाडौं, असाेज २ – नागरिक आन्दोलनका अगुवाहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर लोकतन्त्रको जग हल्लिन नदिन खबरदारी गरेका छन् ।
उनीहरुले जेनजी आन्दोलनपछिको संक्रमणकालीन समयमा राष्ट्रपतिले देखाएको अभिभावकीय भूमिकाको प्रशंसा समेत गरेका छन् ।
विभिन्न क्षेत्रका १४ जना प्रबुद्ध नागरिकले राष्ट्रपतिलाई भेटेर ज्ञापनपत्र बुझाउँदै सरकार निर्वाचन गराउने दायित्वबाट विमुख हुने खतरातर्फ सचेत गराएको भेटमा सहभागी संविधानविद टिकाराम भट्टराईले बताए ।
उनीहरुले जेनजी आन्दोलनमा भएको सरकारी दमन,अपराधिक घुसपैठ र भयावह हिंसात्मक घटनाको छानविनको माग गर्दै सुरक्षा निकायको सक्रियता नदेखिएको घटनाप्रति आशंका समेत जाहेर गरेका छन् ।


