Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

काठमाण्डाैँ , भाद्र २८-  लमही नगरपालिका– १ मा पानीमा डुबेर आमाछोरीको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय लमहीले दिएको जानकारीअनुसार लमही–१ वसन्तपुर बौराहकी ३९ वर्षीया किमा सार्की र सार्कीकी १७ वर्षीया छोरी होलिका सार्कीको डुबेर मृत्यु भएको हो ।

दुवै जनाको आज दिउँसो घरबाट उत्तरतर्फ रहेको चिसो खोलाको बगरे दहमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवं प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए ।

घटनापछि प्रहरी निरीक्षक पाण्डेयको नेतृत्वमा आठ जनाको टोली खटिएको थियो । मृतकको शवलाई पोस्टमार्टमका लागि लमही अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed