![]()
काठमाण्डाैँ,भाद्र-२५ नेपाली सेनाको मुख्यालय जंगीअड्डामा जेनजी आन्दोलनका प्रतिनिधिहरु पुगेका छन् ।
सोमबार र मंगलबारको तनावपछि उत्पन्न परिस्थितिकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गरेका थिए । त्यसपछि बुधबार जेनजी प्रतिनिधिहरु भद्रकालीस्थित सैनिक मुख्यालय पुगेका हुन् ।
जेनजी आन्दोलनको प्रतिनिधि भन्दै १५/१६ युवा नै जंगीअड्डामा आउनु भएको छ, राष्ट्रपतिज्यूले संवादका लागि आह्वान गरेपछि हामीले सम्पर्कको पहल गरेका थियौं,’ एक उच्च सैन्य अधिकारीले अनलाइनखबरसँग भने, ‘त्यही क्रममा बुधबार उहाँहरुलाई बोलाइएको हो
यो विषम परिस्थितिमा सबै पक्षको आवाज समेटिने गरी कुराकानी अघि बढाउनुपर्ने छ,’ सिग्देलको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘त्यसैले तपाईंहरु पहिले एकमत भएर वार्ताको टेबलमा बस्नलाई तयार हुनुस् ।’


