![]()
काठमाडौं,भाद्र २५ । दुई दिनसम्म चलेको जेनजी प्रदर्शनका क्रममा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भूमिका संकास्पद भन्दै आलोचना भइरहेको छ । प्रदर्शनका पछिल्ला घटनाक्रमलाई लिएर सामाजिक सञ्जालमा ‘जेनजेजी प्रदर्शन’ पूर्व योजनाअनुरूप गरिएको र त्यसमा रास्वपा र माओवादीको भूमिका संकास्पद रहेको भन्दै आलोचना भइरहेको हो ।
रास्वपा र माओवादीसँग जोडेर प्रदर्शनमा भएको तोडफोड, आगजनी र कारागारमा रहेका कैदी भगाउने कार्य पूर्व योजनाअनुसार नै भएको आरोपसमेत लगाइएको छ । एउटा पोस्ट नै तयार पारेर त्यसलाई सामाजिक सञ्जालमा सेयर गर्ने र पोस्ट गर्नेक्रम बढ्दो छ ।


