![]()
काठमाण्डाैँ,भाद्र २५- कर्णाली प्रदेश सभा जलेर ध्वस्त भएको छ । मङ्गलवार जेनजी आन्दोलनकारीहरूले लगाएको आगोले सभाका सबै भवन तथा संरचनाभित्रका सामाग्रीहरू जलेर नष्ट भएको प्रदेश सभाले जनाएको छ ।
प्रदेश सभा सचिवालयका कानुन अधिकृत मदन खड्काका अनुसार, सभाको हल भएको भवन, सभामुख, उपसभामुखको कार्यकक्ष भएको भवन, सचिवालयको भवनदेखि संसदीय समितिका सबै कार्यालयहरूमा आगजनी भएको छ ।


