Breaking News.... EverestOnlineKhabar
June 4, 2026

संविधानले होइन, आवश्यकताको सिद्धान्तले दिनेछ नागरिक सरकार

Loading

काठमाण्डाैँ ,भाद्र २४ – १५ देखि २८ वर्ष उमेर समूहका युवाहरू अर्थात् जेनजीको दुई दिनको आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न बाध्य मात्रै बनाएन, राज्यका तीनवटै अंग कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिकाका सचिवालयहरूलाई आगो लगाएर ध्वस्त बनाइदियो ।

नेपालका इतिहासमा अनेकपटक सत्तापलटहरू भए पनि यसरी सम्पूर्ण राज्य संयन्त्रमाथि कसैले कब्जा जमाएको यो नै पहिलोपटक हो ।

 वर्तमान राजनीतिक परिस्थितिले संविधान भन्दा बाहिर गएर “आवश्यकताको सिद्धान्त” अनुसार नागरिक सरकार गठन गर्ने सम्भावनालाई बलियो बनाएको छ। दलहरूको लगातार असफलता, सत्ता साझेदारीमा देखिएको असमझदारी, र संवैधानिक प्रक्रियामा देखिएको जटिलताका कारण अब वैकल्पिक मार्गको बहस सतहमा आएको छ।

आजसम्म दुई दिनको आन्दोलनमा पहिलो दिन राज्यले गैरकानुनी रूपमा र अत्यन्तै असंवेदनशील ढंगले कम्तीमा १९ जना युवा विद्यार्थीको हत्या गरिदिएपछि दोस्रो दिन राजधानीलगायत देशका अधिकांश सहरका सरकारी तथा निजी सम्पत्तिमाथि युवाहरूले ठूलो क्षति पुर्‍याए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed