![]()
काठमाडौं । प्रदर्शनकारीहरुको आगजनीका कारण सिंहदरबारका दर्जनौं मन्त्रालयहरु जलेका छन् ।
एक सुरक्षाकर्मीका अनुसार, सिंहदरबारको मुख्य भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगोले ध्वस्त भएकाे छ । अहिले पनि प्रधानमन्त्री कार्यालयमा आगो बलिरहेको ती सुरक्षाकर्मीले बताएका छन् ।
प्रदर्शनकारीहरुले सबैजसो मन्त्रालय र अरु निकाय र परिसरमा रहेका सवारीसाधनमा आगो लगाएका छन् । संघीय संसदको सिंहदरबारस्थित सचिवालयको कार्यालयमा रहेका सबैजसो गाडी जलेका छन् । प्राय: सबै दलको संसदीय दलको कार्यालयमा क्षति पुगेको छ । एक मन्त्रीको गाडीसमेत जलेको छ ।


