Breaking News.... EverestOnlineKhabar
April 21, 2026

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयले नागरिकको अधिकार हनन भयो : विवेकशील साझा पार्टी

Loading

काठमाडौं, २२ भदौ – सरकारले हालैको समयमा सामाजिक सञ्जालहरु बन्द गर्ने वा प्रतिबन्ध लगाउने निर्णयको विवेकशील साझा पार्टीले कडा विरोध गरेको छ। पार्टीले यस्तो कदमलाई अभिव्यक्ति स्वतन्त्रता र नागरिकको मौलिक अधिकारमाथि गम्भीर प्रहार भएको बताएको छ।

पार्टीका प्रवक्ता सञ्जीव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सरकारले असहमति र आलोचनाबाट डराएर सामाजिक सञ्जाल नियन्त्रण गर्न खोज्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरित हो। यसले जनताको सूचना प्राप्त गर्ने अधिकार, अभिव्यक्ति स्वतन्त्रता र डिजिटल पहुँचमा प्रत्यक्ष असर गर्छ।”

पछिल्लो समय सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध चर्किएको आलोचना र अभियानहरूपछि सरकारले केही सामाजिक सञ्जाल प्लेटफर्महरूमा पहुँच रोक्ने वा नियमन गर्ने योजना अघि सारेको चर्चा भइरहेको छ। सरकारले यो कदम ‘राष्ट्रिय सुरक्षाको नाममा’ लिएको दाबी गरे पनि अधिकारकर्मी र राजनीतिक विश्लेषकहरूले यसलाई दमनको संकेतका रूपमा लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed