Breaking News.... EverestOnlineKhabar
April 21, 2026

विद्यालय गएका बालक केहिदिन देखि बेपत्ता

Loading

काठमाण्डाैँ, २२ भाद्र –  होत्तरीको बर्दिबासमा घरबाट विद्यालय पढ्न हिँडेका एक बालक विगत चार दिनदेखि बेपत्ता रहेका छन् ।

बर्दिबास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै गरेका स्थानीय १३ वर्षीय बालक गौतम पासवान गत बिहीबार घरबाट साइकलमा चढेर पढ्न विद्यालय गएकामा उनी अहिलेसम्म घर फर्केर नआएको निजका काका प्रमोद पासवानले बताए ।

गौतम बेपत्ता भएपछि परिवार ले प्रहरी चौकी हात्तीलेटमा खोजीका लागि निवेदन दिएका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रकाश बमले पीडित परिवारले प्रहरी चौकीमा बालक खोजतलासका लागि दिएको निवेदनपश्चात् तुरुन्तै सीसीटिभी फुटेजहरू संकलन गरी विश्लेषण गरिरहेको जानकारी दिएको छ प्रहरी टोलीले बालक गौतमको खोजतलास गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed