Breaking News.... EverestOnlineKhabar
April 21, 2026

एभरेस्ट महिला भलिबल लिग आज दुई खेल हुँदै

Loading

काठमाण्डाैँ ,२२  पोखरामा जारी वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) अन्तर्गत तेस्रो दिन आज दुई खेल हुँदैछ । पहिलो खेल काठमाडौं स्पाइकर्स र मधेश युनाइटेडबीच दिउँसो २ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेल लुम्बिनी लाभाज र पोखरा निन्जाजबीच अपरान्ह ४ बजे सुरु हुनेछ ।

खपछिल्लो खेलमा विजयी मधेश त्यही लय कायम राख्ने लक्ष्यमा छ । अर्कोतर्फ ललितपुर क्विन्ससँग आफ्नो पहिलो खेलमा पराजित भएको काठमाडौं स्पाइकर्स भने पहिलो जितको खोजीमा छ ।

यस्तै कप्तान अरुणा शाही तेस्रो सेटमा घाइते हुँदै कोर्ट छाड्नुपर्दा त्यसको पनि असर पर्‍यो । निधारमा चोट लागेको अरुणाले आजको खेल खेल्ने छैनन् ।

यस्तै घरेलु टोली पोखराले लगातार दुई खेल हारिसकेकोले पनि आजको खेल जित्नैपर्ने अवस्थामा छ । पहिलो खेलमा कर्णालीसँग पराजित भएको मधेश दोस्रो खेलमा मधेश युनाइटेडसँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed