Breaking News.... EverestOnlineKhabar
June 4, 2026

इलामको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलमा ३ महिनादेखि उडान बन्द

Loading

काठमाण्डाैँ, २२ भदौ ७, २०८२ — पूर्वी नेपालको प्रमुख विमानस्थल मध्ये एक फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल (इलाम) मा गत जेठ महिनादेखेदेखि तीन महिनासम्म उडान बन्द भएको छ। खराब मौसमका कारण काठमाडौं–इलाम–काठमाडौं रुटमा नियमित उडानहरु स्थगित भएका छन्, जसले यात्रु तथा व्यवसाय क्षेत्रमा ठूलो असुविधा ल्याएको छ गत जेठ १३ गते तारा एयरलाइन्सको जहाजले उडान भरेयता कुनै उडान हुन सकेको थिएन। त्यसपछि जेठ १७ गते काठमाडौंबाट उडे पनि खराब मौसमका कारण जहाज अवतरण गर्न नसकी फिर्ता भयो

यसपछि लगातार खराब मौसम रहँदा उडान हुन सकेको छैन। विमानस्थल इन्चार्ज दिनेश सुन्दासले “मौसममा सुधार नआउन्जेलसम्म उडान नहुने” बताएका छन्

यस विमानस्थलबाट गत जेठयता कुनै पनि उडान हुन सकेको छैन । सुरुआतमा तारा एयरको जहाजले बुधबार र शनिबार गरी सातामा दुईपटक उडान भरेको थियो । नगरपालिकाले इलामबाट काठमाडौं फर्कंदा जहाजको सिट खाली भए त्यसको भाडा पुर्ताल गर्ने सम्झौता गरेको थियो । सो सम्झौता सकिएपछि पुनः नगरपालिकाले नेपाल एयरलायन्ससँग सम्झौता गरी २०७९ साल माघ १ गतेदेखि सोही तालिकामा इलाम–काठमाडौँ उडान गरेको थियो । तर त्यसपछिका वर्षमा नगरपालिकाले कुनै एयरलाइन्ससँग सम्झौता नगरेको प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed