Breaking News.... EverestOnlineKhabar
June 4, 2026

युट्युब वेब ब्राउजरमा बन्द, मोबाइलमा खुलै

Loading

काठमाडौं २१ । नेपालमा युट्युब वेब ब्राउजरमार्फत हेर्न नमिल्ने भएको छ । शुक्रबार बिहानदेखि डेस्कटप तथा ल्यापटपमा वेब ब्राउजर खोलेर युट्युब चलाउन खोज्दा भिडियो नचल्ने समस्या देखिएको हो । तर, मोबाइल एपमार्फत भने युट्युब सामान्य रूपमा चलिरहेको प्रयोगकर्ताहरूले बताएका छन् ।

इन्टरनेट सेवा प्रदायकहरूले सरकारले दिएको निर्देशनअनुसार वेब ब्राउजरमार्फत पहुँच रोकिएको जनाएका छन् । यद्यपि, मोबाइल एप बन्द नगरी केवल वेबमार्फत मात्र अवरोध गरिएको कारण स्पष्ट गरिएको छैन ।

युट्युब बन्द भएपछि धेरै प्रयोगकर्ताले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका छन् । “कामकाजका लागि कम्प्युटरबाट युट्युब प्रयोग गर्नेहरू प्रभावित भएका छन्, मोबाइलमा भने चलिरहेको छ,” एक प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed